Nepal Flag

सुदूरपश्चिम प्रदेशमा भएको भारी बर्षाका कारण महाकाली नदीको भाईरल रोड र भिमदत्त न.पा. वडा नं. ९/११/१२ र १३ क्षेत्रमा भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री माननीय श्री लाल बहादुर खड्का, पुर्व राज्य मन्त्री माननीय श्री प्रकाश रावल ज्युले अनुगमन तथा निरीक्षण गर्नुभएको छ | अनुगमनका क्रममा बरमदेवको खल्ला मसेटीमा नदीको बीच टापुमा ५ जना मानिस फसेकाले उक्त व्यक्तिहरुको उद्धार गर्नका लागि माननीय मन्त्री ज्यूको सिफारिसमा हेलिकप्टर मगाइएको थियो तर मौसम खराबिका कारण उक्त हेलिकप्टर धनगढीमा लेन्ड गरेको छ र उक्त स्थानका मानिसहरुको धनजनको क्षति हुनबाट बचाउनको लागि माननीय मन्त्रिज्यूबाट सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । 

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

९८४८४६५२३६

सम्पर्क