शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान

  • प्रदेशस्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
  • प्रदेश स्तरको मानव संशाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
  • प्रदेश स्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,
  • माध्यमिक तहको परीक्षा व्यवस्थापन,
  • प्रदेश स्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन,
  • शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
  • तोकिएबमोजिमका अन्य कार्यहरु ।

प्राविधिक तथा व्यवसायिक शिक्षा

  • प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिमको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामग्री निर्माण, उत्पादन र वितरण,
  • प्रादेशिक स्तरका प्राविधिक तथा व्यवसायिक तालिम प्रदायक संघसंस्थासँग समन्वय र सहकार्य,
  • शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
  • तोकिएबमोजिमका अन्य कार्यहरु ।

उच्च शिक्षा

  • प्रदेश स्तरको विश्वविद्यालय तथा उच्च शिक्षा प्रादेशिक सम्बन्धी नीति, कानून तथा मापदण्ड, योजना कार्यान्वयन र नियमन,
  • प्रादेशिक छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण र वितरण,
  • उच्च शिक्षासँग सम्बन्धीत विषयमा संघ र स्थानीय सरकारसँग सम्पर्क,सहकार्य तथा समन्वय,
  • उच्च शिक्षा सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक विश्लेषण,
  • शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
  • तोकिएबमोजिमका अन्य कार्यहरु ।

विशेष शिक्षा शाखा

  • विशेष शिक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड, योजना कार्यान्वयन र नियमन,
  • विशेष शिक्षा सम्बन्धी विषयमा संघ र स्थानीय सरकारसँग सम्पर्क, सहकार्य तथा समन्वय,
  • विशेष शिक्षाको लागि आवश्यक शिक्षण सिकाई तथा तालिमको व्यवस्थापन,
  • विशेष शिक्षा सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक विश्लेषण,
  • शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
  • तोकिए बमोजिमका अन्य कार्यहरु ।