१.नीति, कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्य
- स्वास्थ्य संग सम्बन्धीत प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- प्रदेश स्तरमा आवश्यक पर्ने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन,
- स्वास्थ्य सेवा सम्बन्धी प्रदेश स्तरीय प्राज्ञिक, व्यवसायिक र पेशागत संघ संस्थाको दर्ता, संचालन, अनुमती र नियमन,
- प्रदेश स्तरीय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन,
- राष्ट्रिय मापदण्ड बमोजिम औषधीजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको उत्पादन तथा संचय, अधिकतम खुद्रा मुल्य निर्धारण, अन्तिम बिसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, संचालन, अनुमती र नियमन,
- खानेपानी, ध्वनी र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवं गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन,
- राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन,
- स्वास्थ्य क्षेत्रमा कार्यरत राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरु, विकास साझेदारहरु संग आवश्यक समन्वय,सहकार्य तथा नियमन,
- प्रदेश स्तरीय स्वास्थ्य क्षेत्रको मानव स्रोत विकास र व्यवस्थापन,
- सुर्ति, मदिरा र लागूपदार्थजन्य वस्तुको मापदण्ड, नियन्त्रण तथा नियमन,
- औषधी निगरानी, औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक न्यूनीकरण,
- संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन,
- प्रदेश स्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान तथा सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह,
- प्रदेश स्तरीय जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) व्यवस्थापन,
- स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधिजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापन,
- राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिङ होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, संचालन, अनुमति र नियमन,
- सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी आवश्यक कार्यहरु,
- स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,
- प्रदेश स्तरको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी प्रदेश नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, आयोजन कार्यान्वयन तथा संचालन, सम्भार र नियमन,
- खानेपानी तथा सरसफाई सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाई तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता,
- जनसंख्या, बसाइसराई र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र संचालन, क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँग सम्पर्क र समन्वय,
- तोकिएबमोजिमका अन्य कार्यहरु
2.अस्पताल विकास तथा चिकित्सा सेवा
- राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- मन्त्रालय मातहतका अस्पतालहरुमा जनशक्ति, औजार, उपकरण, औषधि तथा औषधि जन्य सामग्रीहरुको व्यवस्थापन सम्बन्धी कार्यहरु,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्बन्धी प्रदेश स्तरीय मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियमन,
- आयूर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवाह गर्ने संस्थाहरुको तथ्यांक अध्यावधिक,
- जडिबुटि संरक्षण, सवंर्धन, प्रवर्धन र गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागि नीति तर्जुमाका लागि सम्बन्धीत निकायहरुसंग समन्वय,
- विपन्न नागरीकहरुको कडा रोग सम्बन्धी आर्थिक सहुलियतता व्यवस्थापन,
- प्रसुती सेवा तथा अन्य तोकेबमोजिमका आकस्मिक प्रेषणको हवाई उद्दार सम्बन्धी कार्यहरु,
- विशेषज्ञ स्वास्थ्य शिविर संचालन अनुमति, नियमन एवं व्यवस्थापन सम्बन्धी कार्यहरु,
- अस्पतालहरुको न्युनतम सेवा मापदण्ड (Minimum Service Standard) सम्बन्धी कार्यहरु,
- अस्पताल व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन एवं नियमन,
- तोकिएबमोजिमका अन्य कार्यहरु ।