लैङ्गिक सशक्तिकरण तथा मूलप्रवाहीकरण
- महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन, अनुसन्धान,
- लैङ्गिक उत्तरदायी बजेट र लैङ्गिक परिक्षण,
- लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र प्रतिबद्धताको कार्यान्वयन निरोधात्मक र संरक्षणातमक उपाय र पुनस्थापन,
- लैंगिक उत्तरदायी बजेट र लैङ्गिक परिक्षण,
- राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिएबमोजिमका अन्य कार्यहरु।
बाल अधिकार तथा सामाजिक न्याय
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान,
- लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन,
- बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह,
- बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना,
- बालबालिका सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक र विश्लेषण,
- प्रदेश स्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बलिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्यांकन,
- समाज कल्याण र संघसंस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्यांकन,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिएबमोजिमका अन्य कार्यहरु ।