श्रम तथा रोजगार
- रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक निति, कानून तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी गर्ने,
- श्रमशक्ति र श्रम बजारसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक, विश्लेषण र श्रमशक्ति योजना सम्बन्धी कार्य गर्ने,
- श्रमसंग सम्बन्धीत कार्यका लागि संघ र स्थानीय सरकारसँग सम्पर्क,सहकार्य तथा समन्वय गर्ने,
- श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड यूनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य गर्ने,
- औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण सम्बन्धी कार्य गर्ने,
- कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमन सम्बन्धी कार्य गर्ने,
- सीप विकास तथा तालिम सम्बन्धी प्रादेशिक नीति, कानून तर्जुमा,योजना,मापदण्ड, पूर्वाधार विकाससम्बन्धी काम गर्ने र सो को नियमन गर्ने,
- तालिम केन्द्रहरुको विवरण अद्यावधिक गर्ने,
- तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने,
- सीप विकास तालिमसम्बन्धी पाठ्यक्रम तर्जुमा, परिमार्जन, तालिम सञ्चालन मापदण्ड निर्धारण गर्ने, प्रवर्द्धन र समन्वय गर्ने,
- रोजगारीका संभावित क्षेत्रहरुमा आवश्यक सीप तथा दक्षता पहिचान गरी दक्ष जनशक्ति उत्पादनका लागि नीतिगत तथा संस्थागत समन्वय गर्ने,
- पिछडिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित सीपमूलक तालिम नीति तर्जुमा,समन्वय तथा नियमन गर्ने,
- लक्षित वर्गहरुलाई रोजगारी तथा स्वरोजगारीसम्बन्धी सचेतना तथा पूर्व तयारीसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम आवश्यक समन्वय गरी सञ्चालन गर्ने,
- कामदार मजदूरहरुको कार्य संस्कृति र व्यवहार (Working Culture and Behaviors) सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको तर्जुमा तथा समन्वय गर्ने,
- तालिम केन्द्रहरुबीच समन्वय गरी विशिष्टिकृत तालिम प्रदायक संस्थाहरुको संरचनागत विकासको लागि संस्थागत समन्वय गर्ने,
- श्रमिकको कर्तव्य, दायित्व, कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा आवश्यक समन्वय गर्ने,
- श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी कार्य गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- श्रमिकहरुको सामाजिक सुरक्षाको सन्दर्भमा व्यवसायजन्य स्वास्थ्य सेवासम्बन्धी आवश्यक कार्य गर्ने,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।