शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान
- प्रदेशस्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
- प्रदेश स्तरको मानव संशाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
- प्रदेश स्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,
- माध्यमिक तहको परीक्षा व्यवस्थापन,
- प्रदेश स्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिएबमोजिमका अन्य कार्यहरु ।
प्राविधिक तथा व्यवसायिक शिक्षा
- प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिमको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामग्री निर्माण, उत्पादन र वितरण,
- प्रादेशिक स्तरका प्राविधिक तथा व्यवसायिक तालिम प्रदायक संघसंस्थासँग समन्वय र सहकार्य,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिएबमोजिमका अन्य कार्यहरु ।
उच्च शिक्षा
- प्रदेश स्तरको विश्वविद्यालय तथा उच्च शिक्षा प्रादेशिक सम्बन्धी नीति, कानून तथा मापदण्ड, योजना कार्यान्वयन र नियमन,
- प्रादेशिक छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण र वितरण,
- उच्च शिक्षासँग सम्बन्धीत विषयमा संघ र स्थानीय सरकारसँग सम्पर्क,सहकार्य तथा समन्वय,
- उच्च शिक्षा सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक र विश्लेषण,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिएबमोजिमका अन्य कार्यहरु ।
विशेष शिक्षा शाखा
- विशेष शिक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड, योजना कार्यान्वयन र नियमन,
- विशेष शिक्षा सम्बन्धी विषयमा संघ र स्थानीय सरकारसँग सम्पर्क, सहकार्य तथा समन्वय,
- विशेष शिक्षाको लागि आवश्यक शिक्षण सिकाई तथा तालिमको व्यवस्थापन,
- विशेष शिक्षा सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक र विश्लेषण,
- शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य,
- तोकिए बमोजिमका अन्य कार्यहरु ।