रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक निति, कानून तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी गर्ने,
श्रमशक्ति र श्रम बजारसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक, विश्लेषण र श्रमशक्ति योजना सम्बन्धी कार्य गर्ने,
श्रमसंग सम्बन्धीत कार्यका लागि संघ र स्थानीय सरकारसँग सम्पर्क,सहकार्य तथा समन्वय गर्ने,
श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड यूनियन सम्बन्धी प्रादेशिक नीति,कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य गर्ने,
औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण सम्बन्धी कार्य गर्ने,
कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमन सम्बन्धी कार्य गर्ने,
सीप विकास तथा तालिम सम्बन्धी प्रादेशिक नीति, कानून तर्जुमा,योजना,मापदण्ड, पूर्वाधार विकाससम्बन्धी काम गर्ने र सो को नियमन गर्ने,
तालिम केन्द्रहरुको विवरण अद्यावधिक गर्ने,
तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने,
सीप विकास तालिमसम्बन्धी पाठ्यक्रम तर्जुमा, परिमार्जन, तालिम सञ्चालन मापदण्ड निर्धारण गर्ने, प्रवर्द्धन र समन्वय गर्ने,
रोजगारीका संभावित क्षेत्रहरुमा आवश्यक सीप तथा दक्षता पहिचान गरी दक्ष जनशक्ति उत्पादनका लागि नीतिगत तथा संस्थागत समन्वय गर्ने,
पिछडिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित सीपमूलक तालिम नीति तर्जुमा,समन्वय तथा नियमन गर्ने,
लक्षित वर्गहरुलाई रोजगारी तथा स्वरोजगारीसम्बन्धी सचेतना तथा पूर्व तयारीसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम आवश्यक समन्वय गरी सञ्चालन गर्ने,
कामदार मजदूरहरुको कार्य संस्कृति र व्यवहार (Working Culture and Behaviors) सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको तर्जुमा तथा समन्वय गर्ने,
तालिम केन्द्रहरुबीच समन्वय गरी विशिष्टिकृत तालिम प्रदायक संस्थाहरुको संरचनागत विकासको लागि संस्थागत समन्वय गर्ने,
श्रमिकको कर्तव्य, दायित्व, कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा आवश्यक समन्वय गर्ने,
श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी कार्य गर्ने,
सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
श्रमिकहरुको सामाजिक सुरक्षाको सन्दर्भमा व्यवसायजन्य स्वास्थ्य सेवासम्बन्धी आवश्यक कार्य गर्ने,
शाखासँग सम्बन्धीत विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,