मन्त्री ( सामाजिक विकास)

मन्त्री ( सामाजिक विकास)

माननीय श्री मेघराज खडका

प्रारम्भिक जीवन

राजनीतिक यात्रा!!

२०३६ सालको जनमत संग्रह पछि माध्यमिक तहमा पढ्दा बहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा संलग्नता,२०३७ मा ने.वि.संघको सदस्य, २०४१सालमा कैलाली बहुमुखी क्याम्पस स्व.वि.यु. उपसभापति, २०४२फागुन पछि स्व.वि.यु.सभापति , निर्दलीय पञ्चायतका विरुद्ध नेपाली काँग्रेसद्वारा सञ्चालित २०४२सालको सत्याग्रहमा ४ महिना भन्दा बढी कारागारमा नजरबन्द। २०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछामको हिरासतमा १६ दिन जेल। विद्यार्थी राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक हिरासतमा, २०६२/६३को जनआन्दोलनमा सक्रिय सहभागिता, २०४८ साल जि.का.स. सदस्य, पार्टीको ९ औ महाधिवेशन देखि १४ औ महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य,२०५४ सालमा जि.वि.स.सदस्य, २०६३ देखि २०६७ सम्म नेपाली काँग्रेस अछाम पार्टी सभापति,१४ औ महाधिवेशनमा नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश महामन्त्री,२०७९ मंसिर ४ को निर्वाचन अछाम क्षेत्र नं १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित।२०८१ साल श्रावण २१ गते सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री नियुक्त। # विगतको पेशा/अनुभव/योगदान!! २०३९मंसिर देखि २०४० कार्तिक सम्म करिव १० महिना शिक्षण पेशा,२०५४ साल देखी २०५९ साल सम्म अछामको जि.वि.स सदस्य,(२०५८-२०७१) साल सम्म ग्रामीण परिवर्तनका लागि नविन समाज संस्थाको अध्यक्ष , विभिन्न धार्मिक तथा सामाजिक संस्थामा सल्लाहकार सदस्य, त्रिपुरासुन्दरी क्याम्पस व्यवस्थापन समितिको संस्थापक सदस्य